दाङ, ११ पुस । दाङको तुलसीपुर उपमहानगरपालिकाले गाउँ गाउँमा स्वास्थको पहुँच पु¥याउन सबै वडा कार्यालयहरुमा स्वास्थ केन्द्र स्थापना गरेको छ । बुधबार तुलसीपुरको वडा नं. ६ को स्वास्थ केन्द्रको उदघाटन गरेपछि सबै वडाहरुबाट स्वास्थ सेवा प्रदान गर्न सुरु गरिएको हो ।

49058152_320812922098104_4714666067031490560_nसेवा केन्द्रहरुबाट दैनिक बिरामीहरुको उपचार र झन्डै ४० प्रकारका औषधीहरु निःशुल्करुपमा बितरण गरिने छ । कार्यक्रमका उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले स्वास्थ्य सेवामा सामान्य जनताको पहुँच पु¥याउनका लागि आफू प्रतिवद्ध रहेको वताए ।