कालिकोट, ९ पुस। कालिकोटको पलाँता गाउँपालिका–१ खाडामा भीषण आगलागी हुँदा ५२ घर जलेर नष्ट भएका छन् ।
आगलागीमा परी ११ जना घाइते भएका छन् ।

aagalagiघाइतेको अवस्था भने गम्भीर नहरेको बताइएको छ । केही समयअघि मात्रै १६ जना प्रहरीको टोली घटनास्थल पुगेको र आगो निभाउने प्रयास जारी रहको बताइएको छ ।

फुसको छाना भएको बस्तीमा आगलागी हुँदा आगो नियन्त्रण बाहिर गएको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए ।