कालिकोट, ९ पुस । कालिकोटको पलाता १ खाडा गाउँस्थित न्यौपाने बस्तीमा सोमबार बिहान भएको आगलागीबाट पीडित परिवारलाई कणाली प्रदेश सरकारले राहत दिने घोषणा गरेको छ ।

NEPALI-NOTEआगलागीको घटनाप्रति कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गर्दै पीडित परिवारलाई प्रति घरधुरी २० हजार नगद, आवश्यक लत्ताकपडा र खाद्यान्न उपलब्ध गराउने निर्णय गरिएको उनको प्रेस सल्लाहकार धुव्र बुढाथोकीले जानकारी दिए ।