दाङ, ९ पुस । नेपाल प्रेस युनियन दाङका सहसचिव शिवराज खनालसहित कार्यसमिति सदस्य प्रिया स्मृति गजमेर र पत्रकार शिवु खनालमाथि प्रहरीले अभद्र व्यवहार गरेको घटनाप्रति नेपाल प्रेस युनियन दाङले आपत्ति जनाएको छ ।

feature0आज सोमवार युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी र सचिव आर.के. शीतलले विज्ञप्ती जारी गर्दै देउखुरीमा आइतवार युनियन दाङका सहसचिव खनाल, कार्यसमिति सदस्य गजमेर र अर्का पत्रकार खनालमाथि प्रहरीले गरेको दुरब्यवहारको भत्र्सना गरेका छन् ।

कन्चनपुरबाट झापा लैजान थालिएका गोरुको बारेमा समाचार संकलन गर्न राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवामा प्रहरीले उनीहरुमाथि अभद्र व्यवहार गरेको हो ।