इन्द्रेणी संवाददाता
दाङ, ९ पुस । दाङको घोराहीमा वस र स्कुटर एक आपसमा ठोकिदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
घोराहीको बसपार्क जाँदै गरेको रा ३ प १९७४ नम्बरको स्कुटर र बसपार्कबाट तुलसीपुर चोकतर्फ आउँदै गरेको लु २ छ १६०२ नम्बरको बस घोराहीको लखनपार्क नजिकै ठोकिदा स्कुटर चालक घोराही १८ का २९ बर्षिय मेघराज पुनको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सोही ठाउँका महेश बुढा गम्भीर घाइते भएका छन् ।
घाइते भएका बुढाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घटना विहान ११ बजे भएको हो । दुर्घटना पछि घोराही तनाबग्रस्त भएको छ । आफन्तले बसमा तोडफोड गरेका छन् भने सडक अवरोध गर्न खोज्दा प्रहरीले लाठीचार्ज समेत गरेको छ ।











