दाङ । सधै मञ्चमा आफ्नो प्रस्तुती राखेर दर्शकहरुलाई मनोरञ्जन दिने चर्चित गायिका सरस्वती लामाले दाङको धार्मिक पर्यटकीय क्षेत्र बाह्रकुनेमा पुगिन् ।
बराह देवताको आशिर्वादले आफूले जीवनमा सफलता पाएको भन्दै आफू बाह्रकुने आएर लामाले बताइन् । माघ १ गते मात्री पर्वका दिन लाग्ने भब्य मेलासँगै महिन्दरमा भेडाको बली चढाउन शुरु भइसकेको छ । गायिका लामाले पनि भेडाको बली चढाएकी थिइन् ।











