काठमाडौं, ७, पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले राजमार्ग र सडकहरूबीचको ‘कनेक्टिभिटी’ लाई प्रभावकारी बनाउन मुलुकभरि दुई हजार भन्दा बढी पुल निर्माण कार्यलाई अगाडि बढाइएको जानकारी दिए ।
सडक विभाग, पुल महाशाखाद्वारा शुक्रबार आयोजित पुलहरुको स्तरोन्नति तथा मर्मत सम्भार कार्यक्रमको दोस्रो चरणको घोषणा कार्यक्रमको उद्घाटन गर्दै मन्त्री महासेठले पूर्वाधार विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेर विकास निर्माणका कामहरूलाई अगाडि बढाइरहेको जानकारी समेत दिए ।
भारत र चीन दुवै छिमेकी मुलुकको सहयोग लिएर सरकारले रेलमार्ग निर्माणको कामलाई अगाडि बढाएको जानकारी उनले बताए गोरखापत्रमा खबर छ । “समृद्ध मुलुक निर्माणका लागि नै सरकारले रेलमार्ग र जलमार्ग निर्माणलाई प्राथमिकतामा राखेर पूर्वाधार विकासलाई अगाडि बढाएको छ” उनले भने ।











