इन्द्रेणी संवाददाता
दाङ, ७ पुस । शुक्रवार साँझ दाङ–सल्यान सडकखण्डको राम्रीमा कृष्णसेन इच्छुक स्मृति बहुप्राविधिक शिक्षालयको वस दुर्घटना पर्दा २२ जनाको ज्यान गएको छ ।

ramri acdentशिक्षक र विद्यार्थी सल्यानको कपुरकोटस्थित वनस्पति उद्यान केन्द्रको अवलोकन फर्कने क्रममा बा ४ ख ९७६६ नम्बरको तुलसीपुर ३ राम्रीको भिरबाट तल खसेको थियो ।

मृतकको सनाखद हुन नसके पनि मृत्यु हुनेमा अधिकांश विद्यार्थी भएको अनुमान गरिएको छ । घाइते दुईजनाको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने १३ जनालाई बाँकेको कोहलपुर रेफर गरिएको छ । वस सडकबाट ५ सय मिटर तल बस खसेकाले इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।