दाङ, ६ पुस । दाङ-सल्यान सडकखण्ड अन्तर्गत दाङको राम्रीमा बस दुर्घटना भएको छ । बा ४ ख ९७६६ नम्बरको बस सल्यानको कपुरकोट स्थीत मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा बेलुका ५ बजे दुर्घटना भएको बताइएको छ ।

accdentशिक्षक र बिद्यार्थी चढेको वस दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । बस सडकको छाँगाबाट खसेको र सडकबाट बस नदेखिएको प्रहरीले बताएको छ । प्रहरीको टोली घटनास्थलमा पुगेको छ । दुर्घटनाको बाँकी विवरण आउन बाँकी छ ।