इन्द्रेणी संवाददाता
दाङ, ६ पुस । शैक्षिक भ्रमणबाट फर्कने क्रममा शुक्रबार साँझ दाङ-सल्यान सडकखण्डको राम्रीमा भएको बस दुर्घटनामा ज्यान गुमाउने २२ मध्ये ५ जनाको पहिचान भएको छ ।
जसअनुसार बस चालक घोराही उपमहानगरपालिका वडा नं ३ का मदन केसी, शहिद कृष्णसेन इच्छुक बहप्राविधिक शिक्षालयका शिक्षकहरू घोराही उपमहानगरपालिका(१७ का २८ वर्षीय प्रदीप घिमिरे र पूर्वी रुकुमको भुमे गाउँपालिकाका २८ वर्षीय नरेश वली रहेका छ्न । त्यस्तै दंगीशरण गाउँपालिका(१ का सञ्जित रत्गैया, घोराही उपमहानगरपालिका(१४ का २७ वर्षीय बिजय जीएम रहेका छन् ।
अन्यको केही बेरपछिबाट सनाखत गरिने इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिएका छन् ।
बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका कर्मचारीसहित ३७ जना सवार रहेको प्रहरीले जनाएको छ ।











