इन्द्रेणी संवाददाता 

घोराही २१ असार । दाङका निर्माण व्यवसायीहरुले विभिन्न स्थानमा निर्माणाधिन अवस्थामा रहेका पुल तथा सडक निर्माण आयोजना समयमै सम्पन्न गर्न माग गरेका छन् । निर्माण अवस्थामा रहेका पुलहरुको र वैकल्पिक  बाटोको व्यवस्था गर्न समेत माग गरेका छन । वर्षातको समयमा गरिने विकास निर्माणले यातायात सञ्चालनमा समस्या आएको भन्दै त्यससंग सरोकार राख्ने निकायलाई आयोजना समयमै सम्पन्न गर्न र खोलाहरुमा वैकल्पीक बाटोको व्यवस्था गर्न माग गरेका हुन ।

road-1नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका राप्ती अञ्चल संयोजक एवं राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका कार्यवाहक अध्यक्ष भरतनाथ योगीले मध्यपश्चिम सडक डिभिजन कार्यालयलाई यस विषयमा ध्यानाकर्षण गराउ“दै पुल निर्माण भइरहेका स्थानमा डाइभर्सनको व्यवस्था गर्न माग गरेको जानकारी दिए ।

घोराही–तुलसीपुर, घोराही–लमही सडक र घोराही–होलेरी सडकखण्डमा भइरहेको बाटो चौडा पार्ने र पुल निर्माणको कामले आफूहरुलाई यातायात सञ्चालनमा विभिन्न समस्या आएको योगीले बताए । घोराहीको कटुवाखोला, गुर्जेखोलालगायत स्थानमा पुल निर्माणमा ढिलाई हुदा सवारी दुर्घटनाको जोखिम बढेकाले समयमै काम सम्पन्न गर्न आग्रह गरका थिए । यस्तै घोराही–होलेरी सडक खण्डमा सडक चौडा पार्ने कामले बाटोमा पहिरो खस्ने र हिलाम्य हुदा यात्रु तथा चालकहरुलाई जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था रहको भन्दै समयमै काम सम्पन्न गर्न निर्माण कम्पनी र सडक डिभिजनको ध्यानाकर्षण गराइएको जानकारी दिए ।

साथै महासंघले सवारी दुर्घटना भएको खण्डमा सम्बन्धित निकाय जिम्मेवार हुनुपर्र्ने बताएको छ । सडक डिभिजनलाई पेश गरिएको ज्ञापनपत्रको बोधार्थ दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले, जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयमा पठाइएको छ ।