इन्द्रेणी संवाददाता 

प्यूठान २१ असार । बर्षा सहितको पहिरोले घर बगाउदा प्युठानमा एकै घरका ५ जनाको मृत्यू भएको छ ।  प्युठानको रजवारा–३ नेटामा गएरातीको पहिरोले स्थानिय दुर्गा बहादुर मल्लाको घर बगाउदा उहाँ सहित तीन छोरी र श्रीमतीको घटनास्थलमै ज्यान गएको स्थानीय गोवद्र्धन थापाले जानकारी दिनुभयो ।

62d6958db82d3a1c564e90201b41f952
फाइल तस्वीर

अन्दाजी ४५ वर्षिय दुर्गा मल्ला , ४० वर्षिय श्रीमती सिता मल्ल , १० वर्षकी छोरी शुसिला मल्ल , ७ वर्षिय लेखा मल्ल र डेढ वर्षिय सृजना मल्लको मृत्यू भएको घटना स्थलबाट प्रहरीले जानकारी दिएको छ ।

आठ जनाको उक्त परिवारमा अन्य तीन छोरारछोरी छिमेकीको घरमा बस्न गएकाले ज्यान बँचेको स्थानीयले जानकारी दिएका छन् ।

अहिले उद्धारा लागी जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरिक्षक रंजितसिँह राठौँर सहितको टोली घटनास्थल पुगेको छ ।

बाग्लुङको सिमानासँग जोडिएको दुर्गम गाविस रजवारा, सरमुकाम खलंगादेखि १७ कोष टाढाको दुरीमा पर्छ । घटनावारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायव उपरिक्षक राठौँरले बताए ।

यस्तै प्युठानकै अर्को घटनामा पूँजा–३ बाग्लीवाङमा घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यू भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।।