इन्द्रेणी संवाददाता 

दाङ, २१  असार।  खाद्यन्नमा गरिने मिसावटले मानव स्वास्थ्यामा पार्ने असरका वारेमा एकदिने सचेतनामुलक गोष्ठी सोमवार तुलसीपुरमा सम्पन्न भएको छ । महिला सञ्जाल वडानं ४को आयोजना तथा तुलसीपुर नगरपालीका को आर्थिक सहयोगमा सचेतना गोष्ठी भएको हो । गोष्ठीका सहभागीहरुले खाद्यन्न अर्थात उपभोग्य वस्तुमा व्यापारीक कुचेष्टाले गरिने मिसावट लाई रोक्न सवै लाग्नु पर्ने वताएकाथिए । सम्वन्धीत निकायको मौन्ताका कारण पनि उपभोग्य वस्तुमा मिसावट हुने भन्दै सहभागिहरुले त्यसका लागी उपभोक्तापनि जागरुक वन्नुपर्ने वताएकाथिए ।

34महिला सञ्जाल वडानं ४की संयोजक शारदा वलीको सभपतित्व एवं तुलसीपुर नगरपालीका का समाजकल्याण अधिकृत टोपवहादुर डाँगीको प्रमुख आतिथ्यतामा सचेतना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नगरमहिला सञ्जालकी अध्यक्ष यमुना शाह तुलसीपुर नगरपालीका का सुचना अधिकारी झरेन्द्र खरेल कार्यक्रम संयोजक हेमन्त योगी , हिमवहादु खत्रि लगाएतले उपभोग्य वस्तुमा हुने मिसावट र त्यसलाइ रोक्नका लागी उपभोक्ताहरुनै सजग वन्नु पर्ने वताएकाथिए ।

तुलसीपुर नगरपालीका वडानं १देखि वडानं ११सम्मका वडानागरीक मञ्चका प्रतिनिधि
महिला सञ्जालका प्रतिनिधि गरि गोष्ठीमा ५०वढिको सहभागिता रहेको थियो । सचेतना गोष्ठमी प्रशिक्षक आशिस भँडेल ले उपभोग्य वस्तुमा हुने मिसावटले मानव स्वास्थ्यमा पार्ने असरका वारेमा र अधिवक्ता पदमप्रशाद वैदिकले खाद्यन्न तथा उपभोग्य वस्तुमा मिसावट गर्नेहरुलाइ हुने कानुनि कार्वाहीका वारेमा सहभागिहरुलाई जानकारी गराएकाथिए । सचेतना गोष्ठीको सहजीकरण नोखी रावतले गरेकीथिइन ।