Gadhimai Mela

तुलसीपुर, २० असार । पशुपन्छी बधको अनत्य गदै साहकारी जिवन सैली अपनाउनुपर्ने तुलसीपुरमा आयोजीत कार्यक्रमका सहभागीहरुले बताएका छन् । साहकारी जिवन शैलिले मानिसलाई स्वस्थ बनाउने भन्दै पशुपन्छी बधका लागि ओसार पसार रोक्नुपर्ने उनीहरुले बतए । विश्वशान्ति र विकाश दाङ नेपालको आयोजना तथा तुलसीपुर नगरपालिकाको सहयोगमा सोमवार तुलसीपुरमा भएको पशुपन्छी अधिकार र वली प्रथा वारे सचेतना अभिवृद्धि कार्यक्रममा सहभागीहरुले सो कुरा बतएका हुन ।

Gadhimai Mela

 संस्थाका अध्यक्ष सुमन कुमार थापाको अध्यक्षता एवं तुलसीपुर नगरपालिकाका कार्यकारि अधिकृत टोपेन्द्र केसीको प्रमुख आतिथ्य तथा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख धनबहादुर केसीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा पशुपन्छी अधिकार र वली प्रथाको वारेमा सहभागीहरुलाई जानकारी गराएको थियो । जसको सहजकर्ता अशोक थारु रहेका थिए । कार्यक्रममा देवराज आचार्य, खुमानन्द अधिकारी, ललितबहादुर वली, रुद्रमणि शर्मा, माधवप्रसाद लामिछाने, भिमबहादुर केसी, खिमनारायण श्रेष्ठलगायतले पशुपन्छीहरुले पनि बाच्न पाउनुपर्ने बताएका थिए । संस्थाका उपाध्यक्ष भुपबहादुुर भण्डारीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनस्याम अधिकारीले गरेका थिए