इन्द्रेणी संवाददाता 

Badhiदाङ , २१ असार लगातार पानी परेपछि दाङ घोराहीको बबई नदीमा पानीको बहाव उच्च भएको छ । पानीको बहाब बढे संगै सडक पनि अबरुद्द भएको छ । त्यहाँ अहिले पनि पानी परिरहेको बाढी पूर्वानुमान शाखाका बाढीपूर्व सूचना विज्ञ विनोद पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार दिउँसो पनि पानी पर्ने भएकाले कर्णाली, बबई र पश्चिम राप्तीमा पानी बहाव बढ्ने अनुमान छ । अहिले पश्चिमका धेरै ठाउँमा पानी परिरहेको उहाँले बताउनुभयो । रुपन्देहीबाट कैलालीसम्मका धेरै ठाउँमा पानी परिरहेको छ ।