इन्द्रेणी संवाददाता

अषाढ २१ । वर्षायाम संगै देशभर वाढि पहिरोको समस्या भैरहेको वेला दार्चुलाको लटिनाथ गाविस–५ सार्सीमा चने आगलागीकाकारण  रु पाँच aaglagiलाखभन्दा बढीको क्षति भएको छ । स्थानीय गोपाल विष्ट र अदुवा विष्टको घरमा आगलागी हुँदा रु पाँच लाख बढीको क्षति भएको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यालय लटिनाथका प्रहरी निरीक्षक रणबहादुर चन्दका अनुसार आगलागीबाट क्षति भएको घरको मूल्याङ्कन गर्दा रु पाँच लाख २३ हजार बराबरको क्षति भएको छ ।
इलाका प्रहरी कार्यालयको एक टोलीले सार्सीमै पुगेर सोमबार घर जलेको मुचुल्का तयार पारेको बताइएको छ ।
शनिबार राति एक्कासि घरमा आगलागी हुँदा घरभित्र रहेका अन्नपात, लुगाकपडा समेत जलेर नष्ट भएका स्थानीय दिनेश सिंहले जानकारी दिए ।