काठमाडौं, २८ मंसिर । सरकारले साना किसानहरुको ऋण मिनाह गर्ने निर्णय गरेको छ । मंसिर २४ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेको निर्णयलाई बिहीबार सार्वजनिक गरिएको हो ।

kisanकृषि विकाश बैंकका अनुसार ऋणको साँवा मात्र २९ करोड भन्दा बढी रकम छ । सो रकमको ब्याज मात्र १ अर्ब भन्दा बढी पुगिसकेको छ नयाँ पत्रिकामा खबर छ। सो रकम ब्याजसहित कृषि विकास बैंकलाई सरकारले दिने भएको छ । यो ऋणबाट ६ सयदेखि ७ सय किसानले छुटकारा पाउनेछन् ।

त्यस्तै भारतीय दुई सय, पाँच सय र दुई हजारका नोटहरु ल्याउन र साथमा राख्न गैर कानुनी हुने भएकोले यी नोटहरु चलनचल्तीमा नल्याउन र साथमा नबोक्न सूचना प्रकाशन गरिने निर्णय समेत गरिएको छ ।