तुलसीपुर, २८ मंसिर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १६ मा वडा कार्यालय भवनको शिलन्यास गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले जगको पुजा गरेर भवनको शिलन्यास गरेका हुन् ।
भवनको शिलन्यास गर्दै नगर प्रमुख पाण्डेले उपमहानगरपालिकाले यस वर्ष ४ वटा वडा कार्यालय स्थापना गर्ने वताए । नागरिकको सहजताका लागि वडा कार्यालयलाई सेवा केन्द्रका रुपमा विस्तार गर्न लागिएको पनि उनले जानकारी दिए । “जनतालाई कसरी सर्वसुलभ रुपमा सेवा दिन सकिन्छ भन्ने वारेमा हामीले योजना वनाएर काम गरिरहेका छौ” पाण्डेले भने ।











