काठमाडौं, २४ मंसिर। ७० औ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार दिवसको अवसरमा काठमाडौंमा प्रभातफेरी निकालेको छ ।
त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगले आफ्नो बार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ । हरेक वर्षको १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाईन्छ, सन् १९४८ मा संयूक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणपत्र पारित गरेको एतिहासिक दिनको सम्झनास्वरुप यो दिवस मनाईन्छ ।
