केशरमान बुढाथोकी
दाङ , २४ मंसिर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कुपोषित बालबालिकाहरुलाई उपचार नगरी घर फिर्ता पठाएको रहस्य खुलेको छ । तत्कालिन राप्ती उपक्षेत्रीय अस्पतालको स्वामित्वमा रहेको पोषण पुनस्स्थापना गृहमा अन्तिम समयमा उपचारगराई रहेका ४ जना बिरामीलाई अब उपचार हुन् नसक्ने भन्दै अस्पतालले घर फिर्ता पठाएको हो ।
अस्पतालले उपचार नगर्ने भन्दै घर फिर्ता गरेपछि आफ्नो छोरीको ज्यान बचाउन उपचारका लागि आफ्नो जिल्ला भन्दा बाहिर ( बुटवल ) पुग्नु परेको बताउछिन दाङ गडहवाकी कबिता चौधरी ।”पहिले आफ्नै जिल्लामा पोषण गृह भएकाले बिरामीको उपचार गर्न सजिलो भएपनि अहिले बन्द गरेपछि उपचारमा कठिनाइ भएको उनको भनाइ छ ।”
इन्द्रेणी अनलाइन संगको टेलिफोन संवादमा गला अबरुद्द पार्दै कविताले भनिन – गरिबीका कारण जिल्ला बाहिर आएर उपचार गर्न निकै कठिनाइ छ । दाङ मै फेरी पोषण गृह संचालन गरे छोरीलाई छिट्टै सन्चो बनाउन सकिन्थ्यो ।
यसै गरि रोल्पा नुवागाउँकी सुप्रिया बुढा पनि १ बर्षकी भइन तर शरीरको तौल छ जम्मा २ किलो कुपोषण का कारण समस्या उत्पन्न भएपछी आमाले उपचारका लागि घोराहीको पोषण गृहमा ल्याइन त्यहाँ जम्मा ६ दिन राखियो ६ दिनमै बच्चाको तौलमा अनपेक्षित वृद्धि भैरहेको थियो तर पोषण गृहले भन्यो – “अब घर फिर्ता जानुस पछी फेरी हामीले पोषण गृह चलाएमा बोलाउने छौं ।”
दुसखि हुँदै आमाले बिरामी बच्चालाई फिर्ता गरिन अनि बारम्बार सम्पर्क गर्छिन तर पोषण गृहबाट आउने जवाफ उही हो – “हामी आफै तपाईलाई फोन गर्छौं ।” त्यस्तै लमहीका सुरज पाण्डेय र प्युठानका प्रशान्त पुनको पनि अबस्था उही हो । पोषण गृह बन्द भएपछी हामीले छोराहरुलाई घरमा ल्याएका छौं ।अब संचालन भएपछी फेरी उपचारमा लैजाने हो । आर्थिक अभावका कारण उपचारमा टाढा लैजान नसक्ने उनीहरुको भनाइ छ ।
यता बिगत पाँच बर्ष यता लगातार संचालन हुदै आएको पोषण गृहको बारेमा जानकारी पाएपछि अहिले पनि कुपोषित बालबालिकाहरुका बाबुआमा सम्पर्कमा आइरहेको भएपनि बालबालिका राख्ने स्थानको कुनै टुंगो नहुँदा कुपोषित बालबालिकाहरुलाई फर्काउनुपरेको पोषणगृहकी व्यवस्थापक लक्ष्मी गैरेको भनाइ छ ।
नेपाल युथ फाउन्डेसनद्वारा ५ बर्ष अगाडि सुबिधा सम्पन्न भवन निर्माण गरि राप्ती उपक्षेत्रीय अस्पताललाई कुपोषित बालबालिकाको उपचार गर्नका लागि पोषण गृह स्थापित गर्न भवन हस्तान्तरण गरेको भएपनि अहिले आएर उक्त भवनलाई डाक्टरको आवश गृह बनाउनु दुस्खद भएको व्यवस्थापक गैरेको भनाइ छ ।
यता प्रतिष्ठानका रजिस्ट्रार डा। रामप्रसाद प्याकुरेलले भने उपचारका लागि आउने विज्ञ डक्टरहरुका लागि कोठा आवश्यक परेकाले पोषणगृह खाली गर्नुपरेको बताए । पोषण गृह छुट्टै घरमा नभई अस्पतालमै गराउने प्याकुरेलको भनाइ छ ।
