काठमाडौं, २४ मंसिर। बागलुङमा १७ वर्षीय नाबालिक किशोरीमाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले १७ वर्षीया नाबालिकमाथि तीन जनाको समूहले बलात्कार गरेको घटना सार्वजनिक गरेको हो आजको राजधानीमा खबर छ। बागलुङ नगरपालिका–४ उपल्लाचौरमा तीन जना युवाले एक नाबालिग किशोरीलाई सामूहिक रूपमा बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।
प्रहरी उपरीक्षक रेग्मीका अनुसार २१ मंसिर साँझ बलात्कारको अभियोगमा उपल्लाचौर बस्ने २२ वर्षीय रामु कुँवर, सोही ठाउँका ३३ वर्षीय कासिंगर भनिने हस्तबहादुर खत्री र २२ वर्षीय साजन भनिने डेल्चन कार्की पक्राउ परेका छन् ।
तीनै जनाले पीडितलाई हस्तबहादुर कार्कीको घरमा ल्याई जबर्जस्ती मादक पदार्थ ९रक्सी० सेवन गराई सामूहिक बलात्कार गरेको सूचनाका आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।











