दिपक बोहरा
तुलसीपुर, २०  असार । नेपाल पत्रकार महासंघ दाङले आयोजना गरेको तिन दिने महिलाहरुका लागी आधारभुत पत्रकारीता तालिमको आज समापन गरिएको छ । जिल्ला बिकास समिती दाङले सहयोग गरेको तालिमको आज तुलसीपुरमा एक कार्यक्रमका बिच समापन गरिएको हो ।नेपाल पत्रकार महासंघ दाङका कार्यबहाक अध्यक्ष लक्ष्मी आचार्यको अध्यक्षता तथा केन्द्रीय सदस्य अजयदिप शर्माको प्रमुख आतिथ्यता एबम पुर्ब केन्द्रीय उपाध्यक्ष बिपुल पाख्रेलको बिशिष्ट आतिथ्यतामा तालिमको समापन गरिएको हो ।

13438992_1052952074742074_829988965204346232_nतालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अयजदिप शर्माले महिला पत्रकारको संख्या बढाउन महिलाहरुले नै पत्रकारीता क्षेत्रमा सक्रिय सहभागिता जनाउनु पर्ने बताउनुभएको थियो । महिलाका मुद्धालाई माथि उठाउन महिला पत्रकारहरुले जस्तो सुकै चुनौति पनि सामना गर्न सक्नु पर्ने भनाई उहाँको थियो । उहाँले महिलाहरुका लागी संचारमाध्याममा अनिबार्य सहभागिताको आवश्यक रहेको कुरामा पनि जोड दिनुभएको थियो । उहाँले सिकेको कुराहरु ब्यबहारमा उर्तार्ण पनि सहभागिलाई आग्रह गर्नुभएको थियो ।

त्यस्तै कार्यक्रमका बिशिष्ट आथिथि नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलले पत्रकारीता पेशा आफैमा संघर्षशिल पेशा रहेकाले महिलाहरु पनि पत्रकारीतामा संर्घषशील बनेर उपस्थिति हुनुपर्ने बताउनुभएको थियो । पत्रकारीता पेशा ज्ञानको स्रोत भएको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङकी कार्यबहाक अध्यक्ष लक्ष्मी आचार्यले महिलाहरुको संख्या संगै गुणात्मक पनि कम भएको बताउनुभयो । समाजबाट दवाईएका महिलाहरुका आवाजलाई बाहिर ल्याउन पत्रकारहरुको संख्यात्मक संगै गुणतमक रुपमा पनि बृद्धि हुनुपर्ने आबश्यकता औल्याउनुभएको छ । महिला पत्रकारहरुले प्रतिकुल वातावरणलाई अनुकुल बनाउन सकेमात्रै पत्रकारीता क्षेत्रमा टिक्न सक्ने कुरामा उहाँले स्पस्ट पार्नुभएको थियो ।

कार्यक्रममा सहभागिको तर्फबाट प्रशिक्षार्थी रेखा गौतम र कल्पना बिष्टले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण तालिम संयोजक पत्रकार महासंघ दाङका सदस्य गोपाल शर्मा भट्टराईले गर्नुभएको थियो । तालिम १८ गते देखि शुरु भएको तालिम आज सम्पन्न भएको हो । तालिममा २५ जना महिला प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो ।।