इन्द्रेनी समाचारदाता
घोराही, २० असार । जिल्ला प्रशासन कार्यालय दाङको अगुवाइमा असारे बजार अनुगमन शुरु भएको छ । पहिलो दिन सोमवार घोराही बजारका पसलहरु अनुगमन गरिएको छ ।

13595642_10206498158764586_1774250737_nसहायक प्रमुख जिल्ला अधिकारी जीवन दुलालको नेतृत्वमा गएको टोलीले घोराहीको विद्युत रोडदेखि न्यूरोड, दामोदर चोकसम्मका किसाना पसल, होटल र मेडिकल गरी दश वटा पसलहरु अन्ुगमन गरेको थियो ।

अनुगमनको क्रममा केही किरान पसल तथा होटलहरुमा म्याद गुज्रेका वस्तु फेला परेका थिए भने केही पसल घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता नभएरै सञ्चालनमा आएको पाइएको थियो । सो क्रममा घरेलु कार्यालयमा दर्ता नभएकाहरुलाई साउन पहिलो सातासम्म दर्ता प्रक्रियामा आउन निर्देशन दिइएको थियो भने केहीलाई आफ्ना कमिमम्जोरीहरुलाई सच्याएर सप्रमाणसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको थियो ।

उपभोक्तालाई खाद्यय अधिकार दिलाउन नियमित अनुगमन भनिए पनि जिल्ला प्रशासन, घरेलुलगायतका कार्यालयहरुले चाड पर्वको नजिक, आर्थिक वर्ष सकिनै लाग्दा यस्ता अनुगमन गर्ने गरेको पाइन्छ । यस्ता अनुगमनले उपभोक्ताहरुको खाद्य अधिकारमा कुनै अर्थ नराख्ने जानकारहरु बताउछन् । वरु यस्ता अनुगमनले यस्ता सरकारी कार्यालयका सिमित कर्मचारीहरु मोटाउनमा भरपुर सहयोग गर्ने गरेको पाइन्छ ।
13578836_10206498158884589_1304924924_nअनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, खाद्य निरिक्षक, घरेलु तथा साना उद्योग कार्यालय, वडा प्रहरी कार्यालय, दाङ जिल्ला उद्योग वाण्ज्यि संघ, जिल्ला जनस्वस्थ्य कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिहरु र सञ्चारकर्मीहरुको सहभागिता थियो ।