दाङ, मंसिर । बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको न्यायका लागि जनप्रदर्शन भइरहेको बेला दाङमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।
दाङको लमहीमा पन्तको न्यायका लागि शान्तिपूर्ण कार्यक्रम गरिरहेका नेपाल कम्युनिष्ट पार्टी दाङका जिल्ला सचिवालय सदस्य किरण डाङी, एकराज चौधरी, अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष प्रितिमा चौधरी लगायत ४ जना विद्यार्थीलाई प्रहरीले विनाकारण ७ जनालाई गिरफ्तार गरेको नेकपा दाङले जनाएको छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि सरकाले दोषि पत्ता लगाउन सकेको छैन ।
