काठमाडौँ, १३ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सातवटै प्रदेशको एकीकरण टुङ्गो लगाएर कमिटीलाई पनि पूर्णता दिएको छ ।

CPN-Party-officeसचिवालयका सदस्य एवं पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रदेश कमिटीको एकीकरण टुङ्गो लगाउनुका साथै कमिटीलाई पूर्णता दिने कार्य सम्पन्न भएको बताए ।

यद्यपि प्रदेश कमिटीका सदस्यमा कसकसलाई राखिएको छ, त्यो सार्वजनिक गरिएको छैन । सदस्यहरूको नामावली बिहीबार सार्वजनिक गरिने कबताइएको छ ।