इन्द्रेणी संवाददाता

१९ असार घोराही, । दाङको घोराही बजारमा सोमवार जिल्ला प्रशासन कार्यालय दाङको अगुवाईमा बजार अनुगमन गरिएको छ । जिल्ला ghorahiप्रशासनमा रहेको बजार अनुगमन तथा नियन्त्रण समितिका संयोजक एवं सहयाक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालको नेतृत्वमा विभिन्न १० वटा पसलको अनुगमन गरिएको हो ।
अनुगमन गरिएका पसलहरुमा तुलसीपुर चोक, न्यूरोड र दामोदर चोकका किराना, मिठाई, होटल र औषधी पसलहरु रहेका छन् । अनुगमनका क्रममा म्याद नाघेका बस्तु राखिएको, घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता नगरी सञ्चालन गरेको, नामसारी नभएको, आबस्यक प्रमाणपत्रहरु नभएको पाइएको छ ।
अनुगमन टोलीले गौतम किराना पसल, बगेश्वरी किराना पसल, नेपाल ट्रेडर्स एण्ड सप्लायर्स, भण्डारी किराना पसल, बिशाल सप्लायर्स, नमस्ते रेष्टुरेन्ट, पल्लवी औषधालय, कस्तुरी स्विट हाउस, सम्झना खाजा घर र पिके स्टोरको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा आबस्यक कागज पत्र नभएका, म्याद नाघेका बस्तु राखेका, नामसारी नगरेका पसल सञ्चालकलाई साउन २ गते सम्म प्रकृया पुर्याएर जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुने टोलीले निर्देशन दिएको छ ।
अनुगमनका क्रममा यही असार ११ गते देखी दैनिक उपभोग्य बस्तुहरुमा मूल्य बढेको पाइएको छ । प्रत्येक खाद्यान्नमा प्रतिकिलो ५ देखी १० रुपैयाँ सम्म मूल्य बृद्धि भएको पाइएको छ ।
चालु आर्थीक बर्षमा रंग प्रयोग गरि बस्तु उत्पादन, बिक्रि बितरण र न्यून गुणस्तरीय बस्तु बिक्रि गरेको भनि जिल्ला प्रशासनमा तीन वटा उजुरी परेको प्रशासनका खाद्य निरीक्षक प्रतिक जोशीले जानकारी दिए ।
उजुरी परेको मध्य एक जनालाई १५ सस रुपैयाँ जरिवाना भएको र दुई जना तारेखमा रहेको उनले बताए । खाद्य ऐन २०२३ अनुसार खाद्य पदार्थमा मिसावट र न्यून गुणस्तरको उत्पादन र बिक्रि गर्नेलाई एक हजार देखी १० हजार सम्म जरिवाना र ६ महिना देखी एक बर्ष सम्मको कैद सजाय तोकिएको छ ।
अनुगमनमा प्रशासन सहित घरेलु तथा साना उद्योग, जनस्वास्थ्य, वडा प्रहरी, दाङ जिल्ला उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।