इन्द्रेणी संवाददाता

२० असार, काठमाडौं ।  नेपालको मुहार परिवर्तन गर्र्न  रहेको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले बताएका छन् ।
indexसोमबार फोर एच नेपालले आयोजना गरेको प्रथम युवा कृषि उद्यम सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘कृषि र व्यवसाय समृद्ध नेपाल निर्माणका लागि अपरिहार्य रहेको छ ।’
यसलाई अगाडि बढाउन सरकारले उचित कार्यक्रमहरु ल्याउनु पर्ने र युवाहरुको प्रतिनिधित्व र निर्णायक भूमिका रहनुपर्ने उनले बताए ।
सम्मेलनलाई सम्बोधन गर्दै कृषि मन्त्री हरिबोल गजुरेलले ०४६ पछि नेपालमा पहिलोपटक कृषिले प्राथमिकता पाएको दाबी गरे । यो वर्षबाट कृषकको बीमा गरिने र कृषिलाई व्यवसायीकरणका लागि आधारहरु तय गरिने उनले बताए ।
कार्यक्रममा नेपालस्थित इजरायली राजदूत यारोन मायरले इजरालले नेपालसँगै अझै सहकार्य गर्न तयार रहेको बताए । उनले इजरालको प्रविधि नेपाल भित्र्याउनका लागि नयाँ सहमति गर्न पनि आफूहरु तयार रहेको बताए ।
प्रथम युवा कृषि उद्यम सम्मेलनमा ५० जिल्लाबाट १ सय ५० जना युवा कृषक र उद्यमीहरुको सहभागिता छ । कार्यक्रम दुई दिनसम्म चल्ने फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीले जानकारी दिए ।