इन्द्रेणी संवाददाता
दाङ, १२ मंसिर । आइतवार साँझ करिव ३ बजेतिर घोराही १७ गुलरियास्थित पानीको तालमा डुवेर वेपत्ता भएका घोराही १५ का लक्ष्मण डिसीको शव भेटिएको छ । निरन्तरको खोजीको प्रयास पछि चौथो दिन आज बुधवार विहान तलाउमै फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनएको छ ।
विहान करीव साढे ८ बजेतिर तालको विच भागमा शव फेला परेको हो । तलाउको पानी सुकाएपछि शव फेला परेको हो । डिसी गएको आइतवार साथीहरुसँग नजिकैको मैदानमा क्रिकेट खेल्न गएको र सोही क्रममा पौडिखेल्न तलाउमा पसेका थिए । उनको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको छ । डिसीको शव खोज्नको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, गोताखोरको टोली, स्थानीय प्रशासन, घोराही उपमहानगरपालिका, स्थानीय लागेका थिए ।











