वुटवल, १२ मंसिर । प्रदेश सभा प्रदेश नंं ५ का सभामुख पूर्णबहादुर घर्तीले गणतन्त्रको संस्थागत विकाश, संविधानको कार्यन्वयन गरेर समृद्धिको यात्रा प्रारम्भ गर्नुपर्ने बताएका छन् ।
विगतका वर्षहरु राजनीतिक आन्दोलन र अधिकार प्राप्तिको वर्ष भएको भन्दै उहाँले अव सुखी नेपाली र समृद्ध नेपाल निर्माणका वर्षहरु हुने धारणा राखको हुन् ।
वुटवल मिडिया प्रकाशन प्रा।लि।द्धारा सञ्चालित दैनिक पत्र पत्रिकाको १५ आँै वार्षिक उत्सवको अवसरमा वुटवलमा आयोजित एक कार्यक्रममा बोल्दै उउनले यस्तो बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि घर्तीले गणतन्त्र प्राप्ति पछि तिनतहको निर्वाचन सम्पन्न भई संविधान कार्यन्वयन, ऐन कानून निर्माण भइरहेको भन्दै योसँगै विकाश र समृद्धिको यात्रा पनि प्रारम्भ भएको धारणा राखेका थिए ।











