इन्द्रेणी संवाददाता
दाङ, ११ मंसिर । दाङको घोराही १७ स्थित कृत्रिम जलायशमा आइतवार साँझ करिव ३ बजेतिर पानीको तालमा डुवेर वेपत्ता भएका भनिएका घोराही १५ का लक्ष्मण डिसी अझै फेला पर्न सकेनन् ।
आइतवार साँझबाटै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय प्रशासन, स्थानीयलगायतकाले खोजी कार्य जारी राखे पनि मंगलवार साँझसम्म डिसीको अवस्था अज्ञात रहयो । मंगलवार विहानैदेखि सशस्त्र प्रहरीको गोताखोरको टोलीले खोजी कार्य ग¥यो । दिनभरीको उनीहरुको प्रयास पनि व्यर्थ भयो । ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय प्रशासन, स्थानीय, गोताखोरको प्रयास असफल भए पछि घटना रहस्यमय भएको छ । घटना सहस्यमय भएसँगै जिल्ला प्रहरी कार्यालयले मंगलवार सँझदेखि तलाउको पानी पुरै सुकाउन लागिएको छ । ‘घटनालाई नयाँ ढंगबाट हेर्नुपर्ने भयो, हामी पहिले तलाउको सबै पानी सुकाउछौं अनि मात्रै घटना के रहेछ भन्न सकिन्छ घटना भन्दा पनि हामीलाई चुनौतीको विषय भयो ’, जिल्ला प्रहरी कार्यालय दाङका एसपी वेलबहादुर पाण्डेले भने । पानी सुकाउनका लागि मंगलवार सँझबाट पानी फाल्ने पप्पहरु सञ्चालनमा ल्याइएको छ ।
घोराहीको गोर्खा स्कूलमा कक्षा १२ मा अध्ययनरत लक्ष्मण आइतवार दिउँसो घोराही १७ गुलरियास्थित खेल मैदानमा क्रिकेट खेल्न गएको र साही क्रममा साथीहरुसँग नजिकैको कृत्रिम जलाशयमा पौडी खेल्न गएको समयमा डुवेर वेपत्ता भएको बताइएको छ ।











