झापा, १० मंसिर। झापामा एकै परिवारका चार जनाको जलेर ज्यान गएको छ । शिवसताक्षी नगरपालिका–७ को लालझोडामा आइतबार राति भएको आगलागीमा तीन महिनाका एक नाबालकसहित एकै घरका ४ जनाको जलेर ज्यान गएको हो ।

aagalagiराति करिव साढे १० वजे लक्ष्मण खनालको घरमा भएको आगलागीमा खनाल परिवारकै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा खनालका ३ महिने नावालक शिशु टिकाराम खनाल, ४ वर्षका सुप्रिया चन्द्र खनाल र लक्ष्मणकी श्रीमती ३० वर्षीया राधिका खनाल रहेका छन् ।

शिवसताक्षी नगरपालिकामा वारुण यन्त्र छैन । दमक नगरपालिकाबट आगो निभाउन गएको दमकल क्षती भइसकेपछि मात्र पुगेको थियो ।