तुलसीपुर, ९ मंसिर । ईलाका प्रहरी कार्यालय तुलसीपुरले समाजमा हुने हरेक नकारात्मक गतिविधिहरुलाई न्यूनिकरण गर्न विभिन्न सचेतना अभियानको सुरुवात गरेको छ ।

d1सामुदायिक प्रहरी सेवा केन्द्र र ईलाका प्रहरी कार्यालय तुलसीपुरले आज आइतवारदेखि सचेतना अभियान सुरुवात गरिएको हो । पहिलो दिन आइतवार गोर्खा माध्यमिक बिद्यालयबाट सचेतना अभियानको सुरुवात गरिएको छ ।

पहिलो चरणमा लागू औषधबिरुद्धको सचेतना अभियान कार्यक्रम सञ्चालन गर्दै ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रेमबहादुर शाहीले समाजमा शान्ति स्थापना गर्न हरेक क्षेत्रको सहयोग आवश्यक पर्ने बताए ।