वुटवल, ८ मंसिर। कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’ बाट प्रदेश सभा सदस्यको स्वतन्त्र उम्मेदवार रहेका दिपेन्द्रकुमार चौधरी ‘राजा बाबु’ को गोली हानी हत्या गरिएको छ ।
अज्ञात समुहले शुद्धोधन गाँउपालिका ४ मोतीभारी स्थित घर नजिकैको सडकमा उनीमाथि गोली प्रहार गरेको थियो । गोली लागेर गम्भिर घाइते भएका चौधरी उपचारका क्रममा भैरहवा लिँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गोली प्रहार भएको स्थानमा गोलीका ३, ४ खोका भेटिएको र केहीशंकास्पद व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गोली किन कसले चलायो भन्ने बारेमा भने खुल्न सकेको छैन । शुक्रबार राति ९ बजेतिर गोली हानिएको थियो ।
