तुलसीपुर, ८ मंसीर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १ को कार्यालय भवन उद्घाटन गरिएको छ । पवननगरमा निर्माण गरिएको कार्यालयको प्रदेश सभा सदस्य उत्तरकुमार वली र उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुर्यवहादुर डाँगीले संयुक्त रुपमा गरेका हुन् ।

wada 2भवनको उद्घाटन गर्दै प्रमुख अतिथि वलीले वडा सरकारले जनताको भावना वुझेर काम गर्नुपर्ने वताए । साधन सम्पन्न वडा कार्यालयबाट जनताले सर्वसुलभ रुपमा सेवा पाउन सक्ने विश्वास समेत व्यक्त गरे । कार्यक्रमका विशिष्ट अतिथि कार्यवाहक नगरप्रमुख सुर्यवहादुर डाँगीले उपमहानगरपालिकाले यस वर्ष ४ वटा वडा भवन निर्माण गर्ने वताएका थिए । ‘नयाँ वडा भवनबाट सेवाग्राहीले सर्वसुलभ रुपमा सेवा पाउनेछन् ’ डाँगीले भने ।

वडाध्यक्ष लक्ष्मण भण्डारीले ४ कोठाको पक्कि भवन निमाणका लागि २५ लाख लागत लागेको जानकारी दिए । वडा सदस्य तिलक हमालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा सहायक पुरनचन्द्र आचार्यले गरेका थिए ।