एजेन्सी । आयरल्याण्डमा एकजना महिला सांसदले सबैका अगाडि एउटा अण्डरवेयर प्रदर्शन गरेपछि अहिले व्यापक चर्चा शुरु भएको छ । आयरल्याण्डभरि अहिले अण्डरवेयरको प्रदर्शन सुरु भएको छ ।

वास्तवमा ती महिला सांसदले बलात्कारसम्बन्धी अदालतमा चलेको कानुनी प्रक्रियाको बिरोध गर्दै अण्डरवेयर प्रदर्शन गरेकी थिइन । पीडितलाई नै दोषी मान्ने आम मानसिकताको बिरोध गर्दै ती सांसदले अदालती बहसमा पीडिताको अण्डरवेयर प्रस्तुत गरिएकोमा आपत्तीस्वरुप सदनमा वक्तव्य दिएकी थिएन ।

आयरल्याण्डमा एकजना १७ वर्षीय महिलाको बलात्कारपछि चलेको सुनुवाईमा पीडितको अण्डरवेयर प्रस्तुत गर्दै उल्टै पीडितलाई नै थप पीडा दिइएको थियो ।

अदालती बहसमा बलात्कारको अभियोग लागेका पीडकको तर्फबाट सुनुवाई गर्दै वकिलले भनेका थिए– हेर्नुस्त्, त्यो केटीले कस्तो अण्डरवेयर लगाएकी थिइन ? यी हेर्नुस्, जालीवाला अण्डरवेयर लगाएकी थिइन ।

यो बलात्कार नभएर सहमतिमा नै भएको सम्बन्ध हो । वकिलले पीडिता आरोपीसँग आकर्षित भएको र उससँग भेटन या कुनै पनि कुराका लागि तयार भएको टिप्पणी गरेका थिए । उसले त्यही कारण यस्तो जालीवाला पेन्टी लगाएको तर्क वकिलको थियो । अदालती बहसबपछि २७ वर्षीय आरोपीलाई रिहाई गरिएको थियो । एभरेष्ट दैनिकबाट