काठमाडौं, २ मंसिर। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्नीप्रसाद सापकोटाले सरकारको काम कार्वाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । बलियो सरकारले जन अपेक्षा अनुसार ‘निरन्तरतामा क्रमभंगताका साथ’ काम गर्न नसकेको पनि उनले स्पष्ट परे ।











