काठमाडौँ, ३ मंसिर । जैविक तथा वैयक्तिक विवरण सहितको राष्ट्रिय परिचयपत्र सोमबारबाट वितरण हुँदैछ ।
पाँचथरको फिदिममा सोमबार एक विशेष कार्यक्रमको आयोजना गरी राष्ट्रिय परिचयपत्र वितरण कार्यको शुभारम्भ गरिने जानकारी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले बताए । काफ्लेका अनुसार गृहमन्त्री रामबहादुर थापाले कार्यक्रमको शुभारम्भ गर्ने छन् ।











