तुलसीपुर, ३० कार्तिक । तुलसीपुर उपमहानगरपालिका १९ मा रहेको तत्कालिन माओवादी लडाकु वसेको ऐतिहासिक संक्राम ब्यारेक तुलसीपुर उपमहानगरपालिकालाई हस्तान्तरण हुने भएको छ । तत्कालिन माओवादी शान्ती प्रक्रियामा आएपछि स्थापना भएको व्यारेकको पछिल्लो समय शसस्त्र प्रहरीले संरक्षण गर्दै आएको थियो ।

agarmस्थानीय सरकार आएपछि त्यहाँबाट व्यारेक विस्थापन भएर उपमहानगरपालिकालाई सम्पूर्ण संरचना हस्तान्तरण गर्ने तयारी हुँदै आएको थियो । “हामी अन्तिम तयारीमा छौ केही दिनभित्र जिम्मेवारी लिनेछौ” कार्यवाहक नगर प्रमुख सुर्यवहादुर डाँगीले वताए । उनले ब्यारेकलाई संग्रहालयका रुपमा विकसित गर्नुका साथै वृहत प्रकृतिको योजना निर्माणको लक्ष्य उपमहानगरले वनाएको जानकारी दिए ।

विहिवार व्यारेकको अवलोकन गर्दै प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले पर्यटकीय स्थलका रुपमा विकास गर्नका लागि व्यारेक निकै उपयोगी भएको वताए । २० विगाहा वढि क्षेत्रफलमा फैलिएको ब्यारेकमा अहिले ६१ वटा विभिन्न खालका घर, १८ वटा शौचालय, ४ वटा पानी ट्याँकी लगायतका भौतिक संरचना रहेका छन् ।

ब्यारेक हस्तान्तरण भएपछि उपमहानगरपालिकाले स्थानीय जनतासँग सहकार्य गरेर वृहत प्रकृतिको योजना निर्माण गर्ने पनि डाँगीले वताए । उनले ऐतिहासिक घटनासँग जोडिएको ब्यारेक संरक्षणका लागि सबैले चासो दिनुपर्ने पनि वताए । उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुर्यवहादुर डाँगीको नेतृत्वमा व्यारेकको अवलोकन गरिएको थियो ।