तुलसीपर, ३० कार्तिक । दाङ शान्तिनगर गाउँपालिकाले वार्षिक बिकास योजना पुस्तिका विमोचन गरेको छ । बिहीबार एक कार्यक्रम गरि चालुआर्थिक आर्थिक बर्ष २०७५÷०७६ को विकासे योजना समाबेश गरि तयार पारिएको पुस्तिका विमोचन गरेको हो ।
जसमा संघीय, प्रदेश र शान्तिनगर गाउँपालिकाको २८ करोड ७८ लाख १६ हजार बजेट समावेश गरिएको गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिए ।
साथै सहभागिता मुलक योजना तर्जुमा प्रक्रियाबाट समाबेश भई स्वीकृत योजनाहरु समेत समेटिएको छ । उनका अनुसार बजेट पारदर्शी, जवाफदेही बनाउन पुस्तिका तयार पारिएको हो ।
यसैगरी शान्तिनगर गाउँपालिकामा तीन दिने पाँच बर्षीय आबधिक योजना तर्जुमा कार्यशाला गोष्ठी शुरु भएको छ । बिहीबार देखि गोष्ठी शुरु भएको हो । गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीको अध्यक्षतामा भएको एक कार्यक्रमकाबीच गोष्ठीको उद्घाटन गरिएको हो ।
