ताप्लेजुङ, २७, कार्तिक । ताप्लेजुङमा एक जनाले तिहार मान्न माइती आएकी आफ्नै वहिनी र भान्जीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।

heleताप्लेजुङको फुङलिङ नगरपालिका –३ स्थित चेकपोईन्ट छेउ ढाँडधाराका ३० वर्षिय विवश मगरले तिहार मान्न माइती आएकी वहिनी रेणु मगर भुजेल, भान्जीहरु ८ वर्षिया भान्जी कृष्टीना भुजेल र ६ वर्षिया ओरीना भुजेललाई मंगलवार खुकुरी प्रहार गरी घाइते बनाएका हुन् ।

घाइतेहरुलाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगगिएको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।