इन्द्रेणी संवाददाता
दाङ, २७ कार्तिक । दाङको घोराही–तुलसीपुर सडकखण्डमा आज भएको सवारी दुर्घटनामा परी एक जनाको जयन गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
फोटा फाइल
घोराहीबाट सरौतर्फ जाँदै गरेको रा १ क ५८२ नम्बरको टिप्परले सोही दिशातर्फ जाँदै गरेको रा ३ प ८०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा घोराही सानीअम्वापुर निवासी तेजबहादुर खत्रीको घटना स्थलमै ज्यान गएको हो ।
दुर्घटनामा परी मोटसाइकल चालक सोही निवासी वसन्त गिरी गम्भीर घाइते भएका छन् । घाइते गिरीको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
