दाङ, २७ कार्तिक । नेपाल सरकारले ७ बटा प्रदेशका त्रिबि अन्तर्गतका आंगिक क्याम्पसमा स्नातक तहको इञ्जीनियरिङ पढाई सञ्चालन गर्न संबाभ्यता अध्ययन थालेको छ ।

3शिक्षा मन्त्रालयको कार्यक्रम अन्तर्गत ५ नंबर प्रदेशमा महेन्द्र बहुमुखी क्याम्पस दाङमा इञ्जीनियरिङ तर्फको अध्यापनका लागि दुई चरणको संभाव्यता अध्ययन सम्पन्न भएको छ ।

पहिलो चरणमा कन्सल्टेन्सी मार्फत गरिएको संभाव्यता अध्ययन गरिएकोमा अहिले मन्त्रालयले पुन बिश्व बिद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा.डा. देबराज अधिकारीको नेतृत्वमा टोली पठाई इञ्जीनियरिङ कक्षा सञ्चालनका लागि क्याम्पसमा रहेको भौतिक पुर्बाधार, जग्गाको अबस्था, क्याम्पसमा बिद्यमान जनसक्तिको अबस्था क्याम्पसले ओगटेको प्रभाव क्षेत्र, क्याम्पस प्रसासनको प्रतिबद्वता आदीका बारेमा अध्ययन गरेको छ ।

शिक्षा मन्त्रीका सल्लाहकार जीबन गौतम तथा अनुदान आयोगका सदस्य सचिव प्रा डा देबराज अधिकारीले निमित्त क्याम्पस प्रमुख सुदर्शन रिजाल, पूर्ब क्याम्पस प्रमुखहरु राजेन्द्र श्रेष्ठ, बिमल सुबेदी, प्राध्यापकहरु डा. अर्जुन कुमार बुडाथोकी, डिलाराम भट्टराई, सह सहप्राध्यापकहरु भरतराज न्यौपाने, किशोर पोख्रेल, उप प्राध्यापकहरु राम थापा, दिनेश भट्टराई, श्याम आचार्य, धनेश्वर पौडेल, प्रकाश श्रेष्ठ, निर्मल गौतम, क्याम्पस प्रसासन प्रमुख अनन्त पुन लगायत क्याम्पसका कर्मचारीहरु संग बृहत छलफल तथा स्थालगत अध्ययन समेत गरेका छन् ।

छलफलमा आयोगका सदस्य सचिव प्रा.डा. अधिकारीले शिक्षा मन्त्रालयले आफुलाई अध्ययनमा पठाएकाले शुरुका केही बर्ष सरकारले भौतीक पुर्बाधार लगायतका क्षेत्रमा सहयोग गर्ने भएपनि यसलाई टिकाउन क्याम्पस प्रसासन र यहाँको व्यबस्थापनले पहल गर्नुपर्ने बताए ।
यस्तै निमित्त क्याम्पस प्रमुख सुदर्शन रिजालले शिक्षा मन्त्रालय तथा शिक्षा मन्त्रीका सल्लाहकार जीबन गौतमको प्रयासमा थालिएको यस कार्यक्रमलाइ सफल पार्न क्याम्पस हर तरहले लाग्ने प्रतिबद्वता व्यक्त गरे ।