तुलसीपुर, १७ कात्तिक । हाम्रो पहुँच सेकेण्डरी स्कुलको आयोजनामा भएको एक हप्ते आधारभुत पत्रकारिता तथा अमिन तालिम सम्पन्न भएको छ ।

3...बिद्यालयको बार्षिक कार्यक्रम अन्तरगत हाम्रो पहुँच सेकेण्डरी स्कुलका बिद्यार्थीहरुका लागी आयोजना गरीएको तालीम समापन कार्यक्रममा बोल्ने बक्ताहरुले खाली समयको सदुपयोग गर्दै बिद्यालयले बिद्यार्थीहरुलाई जिवन उपयोगी शिक्षा दिनु सराहनिय काम भएको बताएका थिए ।

कार्यक्रममा हाम्रो पहुँच बहुँउद्देश्यीय सहकारी संस्थाका बरिष्ठ सल्लाहकार भरत भण्डारीले समाज परीबर्तनका लागी फरक खालको शिक्षा दिन आजको आवस्यक्ता भएको कुरामा जोड दिए । संस्थाका कार्यबहाक ब्यवस्थापक डि आर भण्डारीले सिकेको कुरा आत्म बिश्वासका साथ लागु गरेमा सफल भईने बताएका थिए ।