इन्द्रेणी संवाददाता
घोराही, २० असार
यातायात व्यवसायीहरुले दाङका विभिन्न स्थानमा सञ्चालित पुल तथा सडक निर्माण आयोजना समयमै सम्पन्न गर्न र वैकल्पीक वाटोको व्यवस्था गर्न माग गरेका छन ।
वर्षातको समयमा गरिने विकास निर्माणले यातायात सञ्चालनमा समस्या आएको भन्दै त्यससंग सरोकार राख्ने निकायलाइ आयोजना समयमै सम्पन्न गर्न र खोलाहरुमा वैकल्पीक वाटोको व्यवस्था गर्न माग गरेका हुन ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका राप्ती अञ्चल संयोजक एवं राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका कार्यवाहक अध्यक्ष भरतनाथ योगीले
घोाराहीको कटुवाखोलामा निमार्णधिन पुल
मध्यपश्चिम सडक डिभिजन कार्यालयलाई यस विषयमा ध्यानाकर्षण गराँउदै पुल निर्माण भइरहेका स्थानमा डाइभर्सनको व्यवस्था गर्न माग गरेको जानकारी दिनुभयो ।
घोराही –तुलसीपुर, घोराही–लमही सडक र घोराही होलेरी सडकखण्डमा भइरहेको वाटो चौडा पार्ने र पुल निर्माणको कामले आफुहरुलाइ यातायात सन्चालनमा विभिन्न समस्या आएको योगीले वताउनुभयो ।
घोराहीको कटुवाखोला, गुर्जेखोला लगाएत स्थानमा पुल निर्माणमा ढिलाइ हुँदा सवारी दुर्घटनाको जोखिम वढेकाले समयमै काम सम्पन्न गर्न आग्रह गर्नुभयो ।
घोराही होलेरी सडकको वेथिती
यस्तै घोराही होलेरी सडक खण्डमा सडक चौडा पार्ने कामले वाटोमा पहिरो खस्ने र हिलाम्य हुँदा यात्रु तथा चालकहरुलाइ जोखिम मोलेर यात्रा गर्नुपर्ने अवस्था रहको भन्दै समयमै काम सम्पन्न गर्न निर्माण कम्पनी र सडक डिभिजनको ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो ।
साथै महाँसंघले सवार ी दुर्घटना भएको खण्डमा सम्बन्धित निकाय जिम्मे वार हुनुपनेर् बताएको छ । सडक डिभिजनलाई पे श गरिएको ज्ञापनपत्रको बो धार्थ दाङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले, जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयमा पठाइएको छ ।।