भुपेन्द्रप्रकाश वली
असार, २०  दाङ । शासन व्यवस्थाले गति लियो शासक फेरिए, नेता फेरिए , मन्त्रि फेरिए तर प्यूठानको लुंग्री — माडी सिचाई आयोजनाले लक्ष्य अनुरुप गति लिन सकेको छैन । २०४२ सालको पञ्चायति व्यवस्थाले शुरु गरेको सिचाई आयोजनाको काम तिन दशक पछि गणतन्त्र आइसक्दा सम्म पनि जम्मा ३ किलोमिटर मात्र पूरा हुन सकेको छ । सरकारी उदासीनता , राजनैतिक पूर्वाग्रह , ठेकेदारको लापरबाही र सरकारी कार्यालयको हेलचेक्रयाँईका कारण आयोजनाको काम कछुवा गतिमा अघि बढी रहेको छ ।

12243144_1020477711325275_1803845820489218838_n
                                                                  प्यूठानको लुंग्री — माडी सिचाई आयोजना अन्तर्गतको नहर

रोल्पाको लुंग्रीमा मुहान रहेको आयोजनाबाट रोल्पाका केही भाग अनि प्युठानको सारी, बेलबास ,बर्जिबाङ हुदै चाल्नेटार सम्म २४ किलोमिटर नहर निर्माण गरेर १ हजार हेक्टर जमिनमा सिचाँई गर्न सकिने संभाव्यता अध्ययन भएको थियो ।

तर सोचेअनुरुप कार्यान्वयन पक्ष फितलो देखिएपछि नहरको लम्बाई छोटयाएर हाल १२ किलोमिटर मात्र बनाउने योजना अघि सारिएको छ । छोटयाइएको योजना अनुरुप यो असार सम्म सिध्याउनुपर्ने काम नहरको आकार छोटयाउदा पनि पूरा भने हुन सकेको छैन । बरु माडी खोलाको पानि ल्याउन नसकिएपछि जूरुङ खोलाको पानि ल्याएर लक्षीत क्षेत्रमा खेति गरिएको छ । ‘ शुरmवातमा २४ किलोमिटरको नहर तयार पार्ने योजना भएपनि कार्यान्वयन पक्ष फितलो देखिएपछि आकार सानो पारियो’ स्थानिय गिरिराज भण्डारीले भन्नुभयो ‘ तर अहिले त्यही पनि पूरा हुने अवस्थामा छैन । योजना भरथेग गर्नका लागी जूरुङ खोालाको सहारा लिनु परेको छ ।

११ करोडमा जम्मा ३ किलोमिटर
योजना स्वीकृत भएको समय देखि हाल सम्म ११ करोड बराबरको रकम नहर निर्माणमा खर्च भइसकेको छ । त्यसमा करिब १ करोड बराबर स्थानियले श्रमदान गरेका छन । राज्यले नहर निर्माणका लागी २०४४ देखि २०६३ सम्म करिब साढे चार करोड रकम खर्च भएको छ । ०६३ सालम पछि पूनः राजनैतिक किचलोका कारण नहर निर्माणका काम अन्यौलमा परेको थियो । २०६५ सालमा तत्कालीन सरकार, आइएलसी, नेपाल सिचाई परियोजनाबाट ४ करोड त्रिपन्न लाख ६१ हजारको लागतमा आयोजनालाई पुनः सञ्चालनमा ल्याइएको थियो । स्थानिय युवा हरि रावतले ११ करोड खर्च गरेर ३ किलोमिटर नहरमा मात्रै पानि ल्याउनु लगानिलाई बालुवामा पानि बनाउने कार्य भएको बताए ।

12190825_1009651972407849_544792172382752572_n५० लाख फ्रिज
योजना पूरा नुहुनुमा राज्यको उदासीनता संगै उपभोक्ताको पनि कमजोरी रहेको पाइएको छ । उपभोक्ता समीति मार्फत श्रमदान गरिनुपर्ने नियम भएतापनि राजनैतिक किचलोका कारण लामो समीति निर्माण हुन सकेन ।
बल्ल तल आर्थीक वर्षको समाप्ती हुने समयमा गत जेष्ठ ३२ गते लोकबहादुर सुनारकोे अध्यक्षतामा उपभोक्ता समीति गठन गरिएको थियो । तर सो उपभोक्ता समीतिले पनि काम गर्न नसकेपछि चालु आर्थीक वर्षमा ५० लाख बराबरको बजेट फ्रिज हुने अवस्थामा पूगेको छ ।

राजा विरेन्द्रको उपहार
२०४२ सालमा प्यूठानको स्वर्गद्धारीका भ्रमणमा निस्कीएका तत्कालीन राजा विरेन्द्रले प्यूठानको कृषीक्षेत्रको विकासका लागी माडी नदिले पूर्याउन सक्ने योगदानलाई मध्यनजर गर्दै आयोजनाको सम्भाव्यता अध्ययनका लागी प्राविधीक खटाएका थिए । त्यसको दुई वर्षपछि अर्थात २०४४ सालबाट नै आयोजना कार्यान्वयनको प्रक्रिया अघि बढाइएको थियो । ‘ राजा विरेन्द्रले उपहार स्वरुप नहरका लागी बजेट छुटयाएका थिए । तर ४६ सालको बहुदल आएपछि नहर निर्माणको काम ठप्प भयो । स्थानिय भण्डारीले भने ‘ गणतन्त्र आएको यति लामो समय बितीसक्दा सम्म नि नहरको काम पूरा नहुनु निक्कै लाजमर्दो विषय हो ।

काम गरिरहेका छौं :  सिचाई डिभीजन
सिँचाई डिभीजन कार्यालय प्युठानले जनाएअनुसार नहरका लागी हाल उपभोक्ता समीती र ठेक्काप्रथा गरि २ तरिकाबाट काम भइरहेको छ । उपभोक्ता बाहेक २ वटा निर्माण कम्पनिले सोचे बमोजीम काम गरिरहेको कार्यालयका प्रमुख कृष्ण बहादुर विश्वकर्माले दाबि गरे । ‘ यो असार अन्तिम सम्म माडी खोलाबाट पानि ल्याउन नसकिए तापनि जुरुङ खोलाको पानि पूर्याएर सिँचाईको व्यवस्था मिलाउनेछौ ’ उनले भने ‘ पछिल्लो बाह्र किलोमिटर नहर निर्माण मध्ये निर्माण कम्पनिले जिम्मा पाएको काम सिध्याउने संकेत देखा परेको छ । उपभोक्ता जिम्मा रहेको २ किलोमिटर भने बाँकी रहनेछ ।’

विश्वस्त छैनन स्थानिय
सरकारी कार्यालयले अबको १ डेढ वर्षमा लक्ष्यअनुरुप योजना सम्पन्न गर्ने बताएपनि स्थानिय त्यो कुरामा विश्वस्त छैनन । विगतको विरासत पुनः दोहोरिएर योजना अलपत्र पर्ने चिन्ता उनिहरुमा छ । यस्तै निर्माण कार्य शुरु भएको लामो समय बितीसकेकाले संरचना पुरानो भएको र नहरको आकार पनि छोटयाइएकाले पानिको बहावका कारण नहर दिगो नहुने उनिहरु बताउछन ।‘ लामो समय बितीसकेकाले नहर ठाँउ ठाँउमा भत्किएर जान थालेको छ । स्थानिय हरि रावतले भने ‘ पानिको बहाव उच्च भएकाले नहर भत्किएर जाने सम्भावना छ ।
माडी खोलाको बहाव उच्च भएका कारण नहरमा अटन नसकेको पानिलाई विद्युतिकरणमा जोडन सकेमात्र नहर दिगो हुन सकने उनिहरmले बताएका छन ।