दाङ, १७ कार्तिक । साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको पुरक अनुदानमा दाङको घोराही उपमहागरपालिका वडा नं ४ डाँडागाँउमा रहेको लक्ष्मी मौरी पालक कृषक समुहले सञ्चालन गर्न लागेको लक्ष्मी ब्यावसायी मौरीपालन तथा मह उत्पादन उपआयोजनको प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम आज शनिवार सम्पन्न गरेको छ ।

beeसाना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको १२ लाख ६ हजार ५ सय २५ रुपैया पुरक अनुदान र लक्ष्मी मौरी पालक कृषक समूहको ६ लाख ६५ हजार ७५ रुपैया गरी १८ लाख ७१ हजार ६ सय रुपैयाको लगानीमा उपआयोजना सञ्चालन हुन लागेको सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी गराइएको थियो ।

उक्त उपआयोजना मार्फत १ सय २५ मौरी सहितको घार खरिद गर्ने, ९८ वटा न्यूक्लियस घार खरिद गर्ने, सुपुर ८० वटा र टुनीको खाली घार ५० वटा बनाइने कृषक समूहका सचिव संगिता सुवेदीले जानकारी दिनुभयो । कृषि सामाग्री खरिद, फार्म प्रविधि र उत्पादन पूर्वाधार, श्रम, अन्य ब्यवस्थापन खर्च गरी पाँच तहको कार्यक्रम सञ्चालन गरिने सार्वजनिक सुनुवाई कार्यक्रममा जानकारी गराइएको थियो ।

लक्ष्मी मौरी पालक कृषक समुहका अध्यक्ष हिमलाल चौधरीको अध्यक्षता एंव साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाका जिल्ला अनुगमन अधिकृत हरिप्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा कृषि उद्यम केन्द्र दाङ जिल्ला उद्योण बाणिज्य संघका श्रीराम चौधरी, नेपाल मौरी पालक महासंघ जिल्ला शाखा दाङका सचिव धनञ्जय आचार्य,समाजसेवी फणेन्द्र केसी, मौरी उद्यमी गोपीचन्द्र न्यौपाने, बसन्तापुर सामुदायिक वन समूहका सहसचिव पदम योगी लगायतकाले आफ्ना विचार राखेका थिए ।