दाङ, १७ कार्तिक । कृषि क्षेत्रमा पछिल्लो चार बर्षमा समूह तथा सरकारी मार्फत करिव १८ करोड रुपैया लगानी भएको छ ।
साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजना मार्फत दाङमा बिभिन्न ७८ उपआयोजनामा करिव १८ करोड रुपैया लगानी भएको आयोजनका दाङ जिल्ला अनुगमन अधिकृत हरिप्रसाद शर्माले जानकारी दिए ।
उनका अनुसार २४ वटा समूह, ३६ वटा सहकारी उद्यमी र २१ वटा प्रशोधन र बजारीकरणमा आयोजनाले लगानी गरेको हो । आयोजनाले फलफूलतर्फ केरा र मेवा खेती, कृषि उत्पादन तर्फ मह, च्याउ, आलु,मसला,अदुवा,बेसार खेती र ती कृषि उपजको बजारीकरणकालागि पुरक अनुदानका रुपमा लगानी गरिएको छ ।
आयोजनबाट ५ हजार भन्दा बढी किसान ब्यावसायीक बनेको दावी आयोजनाको छ । आयोजनाले कार्यक्रमको स्वरुपम अनुसार ३ लाखदेखि ३ करोड रुपैया लगानी गरेको छ ।
आयोजना मार्फत अवको एक बर्षका लागि २० वटा समूहका लागि २ करोड रुपैयाको कार्यक्रमको सम्झौता भइसकेको र ९ वटा सहकारीका लागि डेढ करोड रुपैया बराबरको कार्यक्रम सम्झोताको प्रक्रियामा रहेको शर्माले जानकारी दिए ।
