
काठमाडौँ, १६ कार्तिक । अचानक स्वास्थ्यमा समस्या देखिएपछि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्ती केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधार भएको छ । स्वास्थ्य अवस्था सुधार भएपछि अस्पतालले आज डिस्चार्ज गर्ने तयारी गरेको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई सम्भवतः आज बेलुकीसम्म ‘डिस्चार्ज’ गर्ने तयारी भइरहेको वताए ।
