रौतहट, १६ कार्तिक । जिल्ला अदालत रौतहटले मधेशलार्इ अलग्गै राज्य बनाउने अभिब्यक्ति दिदै आएका स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउत १५ दिन थुनामा राख्न आदेश दिएको छ ।
जिल्ला न्यायाधिश प्रकाश श्रेष्ठको इजलासमा बिहीबार भएको बहस पछिको फैसला राज्यविरुद्धको संगठित अपराधको मुद्दामा राउतलाइ थप १५ दिन थुनामा राख्न आदेश दिएको हो । राउतलाई थप १५ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न आदेश भएको हो ।
राज्यविरुद्धको संगठित अपराधको मुद्दामा गत २५ दिनदेखि राउत सहित ५ जना गठबन्धनका नेताहरु प्रहरी हिरासतमा रहेका छन् ।
