काठमाडौं, १६ कार्तिक। प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफुमाथि अभद्र व्यवहार गरेको भन्दै भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापितलाई हटाउने गृहकार्य थालेका छन् ।
बुधबार मन्त्रिपरिषद् बैठक सकिएलगतै स्थापितले अशिष्ट व्यवहार गरेको भन्दै गरेको गुनासो सुनाउँदै मुख्यमन्त्री पौडेलले कारबाहीको लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुमति मागे ।
उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बिहीबार अस्पतालमै पुगे । तर भेटमा प्रधानमन्त्री ओलीले पौडेललाई केही दिन धैय गर्न आग्रह गरेका थिए । यस विषयमा पार्टीसँग पनि छलफल गर्ने र त्यसको निकारण खोज्ने प्रधानमन्त्री ओलीले बताएको स्रोतले जनाएको छ ।